२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम बेगर नै आर्थिक वर्ष २०८२/०८३ को बजेट आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिविको सभामा रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार को बजेट प्रस्तुत गरेका हुन् ।
त्रिविको यो बजेट गत वर्षको भन्दा ७.४८ प्रतिशतले बढी हो । जसमा त्रिविको आफ्नै स्रोतबाट ४९.३९ प्रतिशत र सरकारको अनुदानबाट ५०.६१ प्रतिशत बजेट प्राप्त हुनेछ । बजेट प्रस्तुत गरेका रजिस्ट्रार रिजालका अनुसार ८५ प्रतिशत बजेट तलब भत्तामा खर्च हुनेछ ।