काठमाडौं । ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री ईभी गाडी प्रयोग गर्दै एलएले आफूलाई पूर्णरूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ ।
सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम थप्दै आएको छ । १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तहसम्मका कक्षा सञ्चालन गरिरहेको छ ।